विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले विश्वका सबै देशलाई कोभिड-१९ को उत्पत्तिसँग सम्बन्धित जानकारी आदान प्रदान गर्न अपिल गरेको छ ।
>
डब्ल्यूएचओको यो अपिल अमेरिकाको त्यो दाबी पछि आएको हो, जसमा चीनको प्रयोगशालामा कोरोनाको जन्म हुने प्रबल सम्भावना रहेको बताएको थियो ।
>
एफबीआईका निर्देशक क्रिस्टोफर रेले फक्स न्युजलाई दिएको अन्तरवार्तामा भने, ‘हामीले वुहानको ल्याबमा भएको घटनापछि विश्वमा कोरोना फैलिएको पत्ता लगाएका छौँ ।’
>
चीनको वुहान सहरमा सन् २०१९ मा कोरोनाको पहिलो केस फेला परेको थियो ।>
चिनियाँ अधिकारीहरूले एफबीआईको आरोपलाई अस्वीकार गर्दै यसलाई चीनविरुद्धको षड्यन्त्र भनेका छन् ।
>
अब डब्ल्यूएचओ प्रमुख डा.टेड्रोस एडेनहोम गेब्रेयससले भने, ‘यदि कुनै देशसँग महामारीको उत्पत्तिको बारेमा केही जानकारी छ भने, यो महत्त्वपूर्ण छ कि तपाईंले विश्व स्वास्थ्य सङ्गठन र अन्तर्राष्ट्रिय वैज्ञानिक समुदायसँग साझा गर्न आवश्यक छ।’>
डा.टेड्रोसले भने, ‘हामी अझै पनि महामारीको जरा पत्ता लगाउने हाम्रो योजनामा काम गरिरहेका छौँ । हामी अझै पनि चीनलाई पारदर्शिताका साथ डाटा उपलब्ध गराउन र अनुसन्धानबाट नतिजासम्म बाँड्न आग्रह गरिरहेका छौँ । ’
>>