पार्टीमा नेतृत्व परिवर्तनका लागि निर्वाचित गर्नु पर्छः गगन थापा

Aadil Times 1+ समाचार ( )
२२ कार्तिक २०७९

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफूलाई सांसदमा निर्वाचन गराएर पठाए १० वर्षमा मुलुकको राजनीतिकलाई पूरै सुधार गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले पार्टीमा नेतृत्व परिवर्तनका लागि आफूलाई संसदमा निर्वाचित गरेर पठाउनुपर्ने धारणा राखेका छन् ।

कांग्रेसको काभ्रे–काठमाडौं सम्पर्क समन्वय समितिले आज (मंगलबार)आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले आफूहरुले बहुमत ल्याउन चाहेको सुनाए ।उनले मंसिर ४ गतेको निर्वाचनपछि पनि मतदाताको प्रतिष्ठा राख्ने काम सांसदहरुले नगरे मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थानै नरहने चेतावनी समेत दिएका छन् ।

थापाले आगामी निर्वाचनमा आफूलाई प्रधानमन्त्रीको दाबेदारको रुपमा प्रस्तुत गरेका छन्। राजनीतिमा युवाहरुको जबरजस्त हस्तक्षेप हुनुपर्ने बताउँदै आएका थापाले यसपटक भने आफूलाई प्रधानमन्त्रीकै उम्मेदवारको रुपमा अघि बढाएका छन् । 

प्रतिक्रिया