क्रिकेटर मेहबुब आलम पक्राउ

Aadil Times 1+ समाचार ( )
९ माघ २०७९

पूर्व राष्ट्रिय क्रिकेट खेलाडी मेहबुव आलमलाई प्रहरीले मोरङबाट पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोको निर्देशनमा उनलाई पक्राउ गरिएको मोरङका एसपी शान्तिराज कोइरालाले बताए । आलम बिराटनगर बसपार्कबाट पक्राउ परेका हुन् । नेपाल टी–ट्वान्टी लिग क्रिकेटमा ‘स्पट फिक्सिङ’मा आलम संलग्न रहेको केन्द्र्रीय अनुसन्धान ब्यूरोको निष्कर्ष छ । प्रहरी उपरिक्षक सञ्जयसिंह थापा नेतृत्वको टोलीले स्पट फिक्सिङबारे छानविन गरेको थियो ।

स्पष्ट फिक्सिङमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारीलाई पनि पक्राउ गर्ने ब्यूरोको तयारी छ । प्रारम्भिक अनुसन्धानबाट टी–ट्वान्टी लिग क्रिकेटको व्यवस्थापन गर्ने जिम्मा पाएको कम्पनी सेभेन–३ स्पोर्टका सञ्चालक नै फिक्सिङमा संलग्न रहेको आशंका गरिएको छ । प्रहरीले अनुसन्धान थालेपछि सो कम्पनीका मुख्य सञ्चालक जतिन अहलुवालिया फरार भएका छन् । भारत घर भएका जतिनले काठमाडौं छाडेको अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले बताए ।

ब्यवस्थापक जतिन फरार छन्’, अनुसन्धानमा संलग्न एकजना अधिकृतले भने, ‘जतिन र उनका सहकर्मीहरुले फिक्सिङ गरेर नै नेपाल क्रिकेट संघलाई पैसा तिर्ने गरेको आशंका गरेका छौं ।

प्रतिक्रिया