राष्ट्रपति बन्न माधव नेपाललाई केपी ओलीको प्रस्ताव

Aadil Times 1+ समाचार ( )
८ फाल्गुन २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीलाई एमालेमा समाहित गर्नेगरी माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउने रणनीति लिएका छन् ।

एमाले अध्यक्ष ओली निकट स्रोतका अनुसार अघिल्लो हप्ता नै ओलीले अनौपचारिक प्रस्ताव नेपाललाई राखिसकेका छन् ।

ओलीको सोही प्रस्तावपछि प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र माधव नेपालबीच बाक्लो संवाद भएको हो । आफू निर्वाचित हुनेगरी उम्मेदवार हुन नेपालले प्रचण्डलाई मनाउन थालेका छन् । 

त्यही क्रममा सोमबार दिउँसो प्रचण्ड र नेपालबीच सिंहदरबारमा लामो संवाद भएको थियो । ओलीको प्रस्तावबारे अध्यक्ष नेपालले प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेका हुन् ।

स्रोतका अनुसार त्यसक्रममा एमालेले समर्थन गर्ने भएकोले तपाईंले पनि समर्थन गर्नुहोस् भन्ने आशय व्यक्त गरेका छन् ।

त्यसैले प्रचण्डले पनि राष्ट्रपतिका लागि माधव नेपालको नाम ओलीले प्रस्ताव गरे के गर्ने भनेर कांग्रेस नेताहरूलाई सोधेको प्रसंग आएको बताइन्छ । राष्ट्रपतिमा माधव नेपाललाई अघि सारेको अवस्थामा प्रचण्डलाई पनि सकस पर्नेछ । 

एमाले स्रोतका अनुसार ओलीले माधव नेपाल वा झलनाथ खनालमध्ये एक जनालाई राष्टपतिको उम्मेदवार बनाउने तयारी गरेका छन् । 

प्रतिक्रिया