सोमबार सेयर बजारमा ४.५७ अंकको वृद्धि भएको छ । दिनभर उतारचढाव देखिएको बजार अन्तिम समयमा भने बढेको हो ।
>
सोमबार २५९ धितोपत्रको २९ हजार ८४६ वटा कारोबारबाट ३९ लाख २२ हजार २१६ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ४७ करोड ४१ लाख ६१ हजार ६४५ रुपैयाँ बराबरको कारोबार भएको छ ।
>
सोमबार आदर्श लघुवित्त वित्तीय संस्थाको सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । सोमबार सबैभन्दा धेरै लक्ष्मी बैंक डिभेन्चरको मूल्य घट्यो ।
>
>>