अमृतको जितमा जसपाका पूर्व कार्यकर्ताको साथ : जयरामलाई पार्टी भित्रै अन्तर्घात !

Aadil Times 1+ समाचार ( )
अमृतलाई पनि कम सकस थिएन । काँग्रेस पार्टीलाई चुनावको बेला एउटा शब्दले पिरोलिरहन्छ , त्यो हो , अन्तर्घात...
१३ मंगशिर २०७९

मंसिर ४ गते निर्वाचनको मिती घोषणा गरे संगै , मोरङ क्षेत्र नं ५ मा पर्ने , रंगेलि नगरपालिका , धनपालथान गाँउपालिका , जहदा गाँउपालिका र विराटनगर महानगरपालिका का मतदाता तथा स्थानीयहरुको लागी टिकट कस्ले पाउने सवालमा ,कौतहुलताको विषय बनेको थियो । 

मोरङ क्षेत्र नं ५ बाट यस भन्दा अगाडि प्रतिनिधि सभामा माओवादि पार्टीका शिवकुमार मण्डल निर्वाचित भइसकेका थिए । यस पटक नेपाली काँग्रेसका केन्द्रिय सदस्य अमृत अर्यालले समेत यस क्षेत्रमा दाबी गरेका थिए । तर राजनितिक दलको समिकरण र शिवकुमारको यस क्षेत्रको लगावटले गर्दा अमृतले टिकट पाउन सकेनन् । बरु काँठमाण्डौंबाट मोरङ क्षेत्र नं ५ (ख) का लागि प्रदेश सभा सदस्यको टिकट लिएर आए अर्याल  र उमेदवारी दिए । 

अर्याल प्रधानमन्त्री देउवाका विशेष विश्वास पात्र समेत हुन् । प्रधानमन्त्री देउवाले राष्ट्र राजिनितीमा कुनै उथल पुथल नभए , अर्याललाई  मुख्यमन्त्रीको रुपमा अगाडि सारीसकेका छन् ।  

यस्तै मधेश आनदोलनको रापतापबाट उदय भएका जनता समाजवादि पार्टि(हालको पार्टी) का नेता जय राम यादब समेत यस क्षेत्रका मसिहा हुन् । अहिले पनि जयराम प्रतिको क्रेज कम भएको छैन् । सविंधान सभा सदस्य समेत बनिसकेका जयराम हाल १ नं प्रदशका स्वास्थ्य मन्त्री समेत हुन् । उनले पनि आफ्नो उमेदवारी यस क्षेत्रबाट दिए र सुरु भयो चुनावी घमसा घमसी ।

यसै क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा एमाले(जसपाका तालमेलका उमेदवार थिए जसपा नेता राजकुमार यादब ।जयराम र अमृतको लागी यो चुनाव सहज थिएन । स्थानीय तहको चुनावमा टिकट वितरणमा हस्तक्षेपमुखी भुमिका खेलेको भन्दै जसपाका राजनितिक समिति सदस्य समेत रहेका जयरामलाई अघोषित रुपमा राजकुमारका समर्थकहरुले असहयोग गरेको उनकै पार्टीका कार्यकर्ताहरुले भने ,  राजकुमारलाई समेत जयरामका समर्थकहरुले भित्रि रुपमा सघाएनन ।

राजकुमारका समर्थकहरुले चुनावी प्रचारप्रसारमै गोप्य रुपमा भन्दै थिए , पहिल मतपत्र म , एक छाप छातामा दिह , और जहिम दैक मन हेतो तहिमे दिह (पहिलो मतपत्रमा एक छाप छातामा दिनु अरु जे मा मनलाग्छ त्यसै मा दिनु )।

यस्तै जयारामका समर्थकहरुले भन्दै थिए , उपर म, मन हेतौ तौ छाता म दिह नहि त जे मन हेतो से करिह , लेकिन प्रदेश म छाता म हि दिह,(माथीमा मन लाग्छ भने छातामा दिनु नत्र जे मन लाग्छ त्यहि गर्नु तर प्रदेशमा छातामा नै दिनु )। 


जयराम र राजकुमार दुबैमा ठूलो नेता को बन्ने बिषयमा संघर्ष चलिरहयो । जयरामलाई उनका विश्वाश पात्र मनिने , देबेन्द्र यादब , दिलिप चौधरीले सघाइरहे भने , राजकुमारलाई , जिल्ला प्रचार प्रसार समितिका संयोजक , दिनेश साह , राजकुमारको यादब भाई उपेन्द्र यादब , मो. नसरुल , प्रविन जैनले सघाइरहे ।  

यता अमृतलाई पनि कम सकस थिएन । काँग्रेस पार्टीलाई चुनावको बेला एउटा शब्दले पिरोलिरहन्छ , त्यो हो , अन्तर्घात । चाहे त्यो गठबन्धनले गर्न सक्छन् भन्ने डर वा कि त पार्टी भित्र कै अन्तर्घात । अमृतलाई गठबन्धनको अन्तर्घातको डर थिएन । तर उनलाई आफ्नै पार्टीले हराउन लाग्छन् भन्ने डर थियो । डर मात्र होइन् प्री एलेन्क्सन सिनारियो देखी पोस्ट एलेक्सन सिनारियो सम्म पनि त्यहि देखीयो । 

अमृत अर्यालले जहाँबाट पनि टिकट पाओस वा नपाओस तर मोरङ क्षेत्र न ५(ख)का लागी आफूले नै टिकट पाउनुपर्ने राजेश गुप्ताको चाहाना थियो । अन्तिम सम्म र अथक प्रयास गरे राजेशले टिकटका लागी । तर राष्ट्र राजनितिको उतार चढावले राजेशले टिकट पाएनन् । अमृतले टिकट पाए । टिकटका लागी दुबै राजेश र अमृत काठमाण्डौंमा थिए । श्रोतका अनुसार अमृतले राजेशसंग सल्लाह र सहकार्यमा टिकट लिएका थिए । तर टिकट नपाए पछि राजेश रुष्ट मात्र भएनन् उनले अमृतलाई हराउन लागिरहेको गम्भिर आरोप पनि लाग्यो ।

उनलाई आरोप लाग्नुको मुख्य ३ कारण छन् । 

१. निर्वाचन प्रचार—प्रसारको बखत उनले अमृत अर्यालको कुनै पनि घर दैलोमा नगएको , कुनै पनि सभा समारोहमा उपिस्थीति समेत नदेखाएको र उनले अमृतलाइ भोट नदिनु भनेर भन्दा पनि भोट पनि नमागेको उनलाई उनको कार्यकर्ताहरुले आरोप लगाएका छन् । 

नोट : उनले पछिल्लो समय ,जहदाको समाचकेवा कार्यक्रम, १५ नं वडाको एक कार्यक्रम , अन्तिम समयमा पार्टी कार्यलय उदघाटनमा गएका थिए ।  


प्रतिक्रिया