नक्कली भुटानी शरणार्थी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा

Aadil Times 1+ समाचार ( )
८ जेठ २०८०

प्रहरीले नक्कली भुटानी शरणार्थी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको छ । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले भर्खरै काठमाडौं जिल्ला प्रहरी कार्यालयबाट प्रतिवेदन प्राप्त भएको र अध्ययन सुरू भएको जानकारी दिएको छ ।

प्रहरीबाट अनुसन्धान सकेर मुद्दाको फाइल प्राप्त भएको जिल्ला सरकारी वकील कार्यालयका प्रमुख सहन्यायाधिवक्ता अच्यूतमणि नेउपानेले बताए । अनुसन्धानमा देखिएको आधार प्रमाणलगायतका विषयको विश्लेषण गर्ने र जेठ १० गतेअघि नै अदालतमा जाने उनले जानकारी दिए । संगठित अपराध, ठगी र राज्यविरुद्धको अपराधमा मुद्दा चलाउन सक्ने अवस्था रहेको र अन्य विषयमा अध्ययन गरी निर्णय गरिने पनि उनले बताए । यस प्रकरणमा प्रहरीले पूर्वगृहमन्त्री बालकृष्ण खाण, टोपबहादुर रायमाझी, सचिव टेकनारायण पाण्डेलगायत १६ जनालाई पक्राउ गरी अनुसन्धान गरेको थियो । बाँकी १६ जना फरार छन् ।

प्रहरीले ३२ जनालाई प्रतिवादी बनाएर अभियोग पत्र दायर गर्न राय दिएको छ । त्यसमा १६ जना पक्राउ परिसकेका छन् भने १६ जना फरार छन् ।


प्रतिक्रिया

सम्बन्धित समाचार