सन्दीपलाई यूएई पठाउन क्यानले आइसीसीसँग माग्यो अनुमति

Aadil Times 1+ समाचार ( )
१६ फाल्गुन २०७९

क्रिकेटर सन्दीप लामिछानेमाथि विदेश भ्रमणको प्रतिबन्ध फुकुवा भएसँगै नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई यूएई पठाउन प्रक्रिया सुरु गरेको छ ।

सन्दीपलाई नेपाली टिममा थप्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) सँग अनुमति मागिएको र संवाद भइरहेको क्यानका प्रवक्ता दुर्गा पाठकले बताए ।

प्रतियोगिताका क्रममा कुनै देशले आफ्नो स्क्वाडमा परिवर्तन गर्नु परेमा आइसीसीसँग अनुमति लिनुपर्ने हुन्छ ।

नेपालको १५ सदस्यीय टिम शनिवार यूएई गएको थियो र हिजो पहिलो खेल नेपालले खेलिसकेको छ । 

बाँकी तीन खेलका लागि क्यानले सन्दीपलाई टिममा प्रतिस्थापन गर्न चाहेको हो । कुन खेलाडीको स्थानमा सन्दीपलाई राख्ने भन्ने निधो भई नसकेको पाठकले उल्लेख गरे ।

‘पहिले त सन्दीपलाई टिममा थप्नका लागि आईसीसीले अनुमति दिनुपर्‍यो,’ उनले भने, ‘उसले हामीसँग बीचमा खेलाडी परिवर्तन गर्नुपर्ने कारण मागेको छ र हामीले पनि दिइसकेका छौँ ।’

प्रतिक्रिया