आइसल्याण्डबाट सूर्यग्रहण सुरु,नेपालका यी स्थानबाट हेर्न सकिन्छ

Aadil Times 1+ समाचार ( )
आइसल्याण्डबाट सूर्यग्रहण सुरु,नेपालका यी स्थानबाट हेर्न सकिन्छ
८ कार्तिक २०७९

सूर्य ग्रहण आइसल्याण्डबाट सुरु  भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। 

आइसल्याण्डको स्थानीय समयअनुसार मंगलबार दिउँसो २ बजेर २० मिनेटमा सुरु भएको हो।


भारतमा स्थानीय समयअनुसार ४ बजेर २९ मिनेटमा सुरु हुनेछ भने नेपालमा ४ बजेर ४७ मिनेटमा देखिनेछ।


काठमाडौंमा ४ः५४ मिनेटमा देखिनेछ।


यस्तै पोखरामा ४ ः ५१मा,भद्रपुरमा ४ ः ५८,जनकपुरमा ४ः५८,महेन्द्रनगरमा ४ः४७ बजे सूर्य ग्रहण देखिने वीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्राहलय विकास समितिले जनाएको छ।


काठमाडौंबाट ३६ मिनेट, पोखराबाट ४२ मिनेट, भद्रपुरबाट २१ मिनेट, जनकपुरबाट ३२ मिनेट र महेन्द्रनगरबाट एक घण्टा २ मिनेटसम्म अवलोकन गर्न सकिने छ।


नेपालबाट सूर्यास्तको समयमा सूर्य क्षितिजबाट लगभग ७ देखि १३ डिग्रीको उचाइ कोणमा सूर्य अवस्थित हुँदा सूर्य ग्रहण पूर्ण अवधिसम्म अवलोकन गर्न सकिदैन।


सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउँदा चन्द्रमाले सूर्यबाट आएको प्रकाशलाई छेक्दा यसको छाँया पृथ्वीमा पर्न गई सूर्य ग्रहण हुन जान्छ। 


प्रतिक्रिया