आज कतिमा कारोबार हुँदैछ सुनचाँदी

Aadil Times 1+ समाचार ( )
२१ कार्तिक २०७९

साताको तेस्रो दिन आज मंगलबार सुनको मूल्य घटेको छ भने चाँदी चाहिँ स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९४ हजार ३ रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ३ सयले घटेर ९४ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९३ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य मंगलबार स्थिर रहेर १ हजार २६५ सय रूपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया