विराटनगरको जोगबनी नाका बन्द हुँदै

Aadil Times 1+ समाचार ( )
२८ कार्तिक २०७९

विराटनगरको जोगबनी नाका सहित भारतसँग सीमा जोडिएको मोरङका सवै नाका बन्द हुने भएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई मध्यनजर गर्दै सीमा नाका बन्द हुने भएको हो ।

जिल्ला प्रशासन कार्यालय मोरङले सूचना जारी गर्दै निर्वाचनलाई शान्तिपूर्णरुपमा सम्पन्न गराउन आगामी मंसिर ३० गते बुधबार मध्यरातीदेखि ४ गते राति ११ बजेसम्म सीमा नाक बन्द गर्ने निर्णय भएको जनाएको छ ।

प्रतिक्रिया