फेसबुकले ११ हजार कर्मचारी हटायो

Aadil Times 1+ समाचार ( )
२४ कार्तिक २०७९

अमेरिकी प्रविधि कम्पनी फेसबुकले एकैपटक ११ हजार कर्मचारी कटौती गरेको छ । कम्पनीले आर्थिक वर्षको तेस्रो त्रैमासमा आम्दानी घटेपछि कर्मचारी कटौती गरेको हो ।​ फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपको प्यारेन्ट कम्पनीकारूपमा रहेको मेटाले १३ प्रतिशत कर्मचारी निकालेको हो । यसअघि, विश्वभर मेटाका ८७ हजार कर्मचारी थिए । यीमध्यबाट एकैपटक ११ हजार जनाले जागिर गुमाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले यतिबेला मेटाको खराब समय चलिरहेको बताएका छन् । उनले कर्मचारी कटौती गर्नेक्रममा मेटाको इतिहाँसकै सबैभन्दा समस्याग्रस्त समय रहेको बताएका हुन् । यस्तै, जुकरबर्गले कम्पनीबाट निकालिएका सबै कर्मचारीसँग माफीसमेत मागेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार