माओवादीलाई फापेन गठबन्धन, १२ स्थानमा मात्र अग्रता

Aadil Times 1+ समाचार ( )
पछिल्लो मतगणना अनुसार माओवादीले १२ स्थानमा अग्रता ...
६ मंगशिर २०७९

प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेससँग मिलेर ४५ सिटमा उम्मेदवारी दिएको नेकपा माओवादी केन्द्रका सीमित उम्मेदवारले मात्र मतगणनामा अग्रता हासिल गरेका छन् । पछिल्लो मतगणना अनुसार माओवादीले १२ स्थानमा अग्रता लिएको छ ।

काठमाडौंबाट उम्मेदवारी दिएका पाँच नेता ओनसरी घर्ती, कल्पना धमला, मानुषी यमी भट्टराई, अञ्जना बिसंखे र बद्री बजगाईं कोही पनि मतगणनाको अग्रस्थानमा उक्लन सकेका छैनन् ।

ललितपुर ३ बाट पम्फा भुसालले अग्रता लिन सकेकी छैनन् भने पार्टीका महासचिवसमेत रहेका देव गुरुङ लमजुङमा एमाले नेता पृथ्वी सुब्बा गुरुङभन्दा निकै पछि छन् ।

पूर्वमुख्यसचिव महेन्द्रबहादुर शाहीले कालीकोटमा अग्रता लिन सकेका छैनन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहालले गोरखा २ बाट अग्रता लिएका छन् । चितवन ३ बाट माओवादी उम्मेदवार डा. भोजराज अधिकारीले अग्रता दिन सकेका छैनन् ।

अर्थमन्त्री जनार्दन शर्माको क्षेत्रबाट मतगणनाको प्रारम्भिक विवरण आउन बाँकी छ । अर्का मन्त्री महेश्वर गहतराजले बाँकेमा अग्रता लिन सकेका छैनन् ।

यी हुन् माओवादीबाट अग्रता लिने उम्मेदवार

१. पुष्पकमल दाहाल गोरखा २

२.शक्ति बस्नेत जाजरकोट

३. गिरिराजमणि पोखरेल महोत्तरी १

४. अमनलाल मोदी मोरङ ४

५.लेखनाथ दाहाल सिन्धुली २

६. वर्षमान पुन रोल्पा

७.देवेन्द्र पौडेल बागलुङ २

८. रेखा शर्मा दाङ २

९.रामकुमार राई खोटाङ

१०.सुदन किराती भोजपुर

११. महिन्द्र राय यादव सर्लाही १

१२. पूर्णबहादुर घर्तीमगर रुकुम पश्चिम

अग्रता लिन नसकेका ३३ उम्मेदवार

१.पम्फा भुसाल ललितपुर ३

२. देव गुरुङ लमजुङ

३.मातृका यादव धनुषा १

४.हरिकुमार राना झापा २

५. खेलप्रसाद बुढाथोकी ताप्लेजुङ

६.शिवकुमार मण्डल मोरङ ५

७. मुक्सामहाङ लिम्बू सुनसरी १

८. शिवचन्द्र कुशवाहा बारा २

९. रवीन्द्र पटेल रौतहट ३

१०. नरेन्द्रप्रसाद कलवार सर्लाही ३

११. विश्वनाथ साह सिराहा ३

१२. ओनसरी घर्ती काठमाडौं २

१३.बद्री बजगाई काठमाडौं ३

१४. मानुषी यमी भट्टराई काठमाडौं ७

१५.कल्पना धमला काठमाडौं ९

१६. अञ्जना बिसंखे काठमाडौं १०

१७.सूर्यमान दोङ काभ्रे १

१८.डा. भोजराज अधिकारी चितवन ३

१९. गंगा कार्की दोलखा

२०. हितबहादुर तामाङ नुवाकोट

२१. सुनील गोठे भक्तपुर १

२२. माधव सापकोटा सिन्धुपाल्चोक १

२३. रामजीप्रसाद दाहाल कास्की ३

२४.चक्रपाणि खनाल कपिलवस्तु १

२५. सुरेश पन्त बर्दिया २

२६्महेश्वर गहतराज बाँके १

२७. महेन्द्रबहादुर शाही कालीकोट

२८. गोमा कुँवर जुम्ला

२९. जनार्दन शर्मा रुकुम पश्चिम

३०.छिरिङ डुम्डुल लामा हुम्ला

३१. बिना मगर कञ्चनपुर

३२.भगतबहादुर बडुवाल कैलाली २

३३.कृष्णबहादुर चौधरी कैलाली ३



प्रतिक्रिया