नेप्से परिसूचक १६.४० अंकले घट्यो

Aadil Times 1+ समाचार ( )
२ फाल्गुन २०७९

धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक साताको तेस्रो कारोबारको दिन मंगलबार १६.४० अंकले घटेको छ । नेप्से घटेसँगै अधिकांश कम्पनीको सेयर मूल्यमा पनि कमी आएको छ । 

यस दिन युनिलिभरको सेयर मूल्य प्रतिकित्ता एक हजार १६९ रुपैयाँले वृद्धि भएको छ । मंगलबार यो कम्पनीको सेयर मूल्य ६.१२ प्रतिशतले वृद्धि भएर २० हजार २६९ रुपैयाँ कायम भएको छ ।

आज २५५ धितोपत्रको ४६ लाख ८५ हजार ८०९ कित्ता सेयर एक अर्ब ७८ करोड रुपैयाँमा खरिद–बिक्री भयो । यस दिन सर्वाधिक रकमको सेयर खरिद-बिक्री हिमालय डिष्ट्रिलरीको भएको छ । यो कम्पनीको सात करोड ७५ लाख रुपैयाँको सेयर खरिद-बिक्री भयो ।

कारोबारमा आएका १३ मध्ये उत्पादन तथा प्रशोधन समूहको परिसूचक ०.३१ प्रतिशतले वृद्धि भएको छ । 

यस दिन सेन्सेटिभ इन्डेक्स ०.६८ प्रतिशतले वृद्धि भएर ४०१.६९ विन्दु कायम भएको छ ।

प्रतिक्रिया