चीनमा दक्षिण कोरिया र जापानका नागरिकलाई प्रवेशमा प्रतिबन्ध

Aadil Times 1+ समाचार ( )
२७ पौष २०७९

चीनले दक्षिण कोरिया र जापानका नागरिकलाई प्रवेशका लागि प्रतिबन्ध लगाएको छ । चीनले दक्षिण कोरिया र जापानका नागरिकका लागि छोटो समयको भिसा जारी गर्न बन्द गरेको हो ।

कोरोना भाइरस सङ्क्रमणको नाममा चिनियाँ नागरिकमाथि ती देशहरुले विभेद गरेको भन्दै चीनले यस्तो कदम चालेको उल्लेख गरेको छ ।

पछिल्लो समय चीनमा कोरोना बढेपछि दक्षिण कोरिया, जापान, अमेरिका लगायतका देशले चिनियाँ नागरिक माथि कडा निगरानी गर्नुका साथै यात्रामा रोक लगाएका छन् । शुन्य कोभिड नीतिबाट पछि हटेसँगै चीनमा कोरोना सङक्रमण फैलिएको छ ।

चीनमा नयाँ सब-भेरिएन्ट बीएफ-७ तीव्र रूपमा फैलिएको र त्यसका कारण अस्पतालका सघन उपचार कक्ष भरिएका विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले बताएका छन् ।


प्रतिक्रिया