युएईले नेपाललाई दियो २०८ रनको लक्ष्य

Aadil Times 1+ समाचार ( )
१८ फाल्गुन २०७९

स्पिनर सन्दीप लामिछानेले फेरि एकपटक उत्कृष्ट प्रदर्शन गरेपछि विश्वकप लिग २ को खेलमा नेपालले घरेलु टीम यूएईलाई १०७ रनमा समेटेको छ । यूएईलाई मध्यम योगफलमा समेट्न सन्दीपले कसिलो बलिङका साथ महत्वपूर्ण तीन विकेट लिए।

लगातार छैटौं एकदिवसीयमा टस जितेको नेपालका कप्तान रोहित पौडेलले फेरि पनि पहिले फिल्डिङकै निर्णय लिए र दुबईको स्लो पीचमा यूएईमा ब्याट्सम्यानहरुले नेपाली बलरमाथि खुलेर खेल्न सकेनन् ।

खासगरि सन्दीपको बलिङ आँकडा लोभलाग्दो रह्यो । उनले १० ओभरमा केवल २७ रन खर्चिएर महत्वपूर्ण समयमा विकेट लिएका थिए ।

पहिलो ओभरमै करण केसीले यूएईका ओपनर मुहम्मद वसिमलाई शून्यमा आउट गरे । त्यसपछि आसिफ खान र रित्य अरविन्दले ४५ रनको स्थिर साझेदारी गरे । तर, सन्दीपले अरविन्दलाई कुसल भुर्तेलको हातबाट क्याचआउट गराएछि यूएई फेरि दवावमा आएको थियो ।

सन्दीपले आसिफ खानलाई ७२ रनमा आउट गरे भने आफ्नो अन्तिम ओभरमा आर्यन लाक्रालाई बोल्ड गरे ।नेपालका लागि अलराउन्डरहरु आरिफ सेख र दिपेन्द्र सिंह ऐरीले पनि राम्रो बलिङ गरे । आरिफले १ विकेट लिए भने दिपेन्द्र विकेट विहिन रहे ।

करण केसी र कुशल मल्ल पनि नेपालका लागि १–१ विकेट लिए । यूएईका लागि ओपनर आसिफ खान र मध्यक्रमका रोहन मुस्तफाले संघर्षपूर्ण अर्धसतक बनाएका थिए ।

प्रतिक्रिया