जनप्रतिनिधिको मोडल बन्न उम्मेदवारी दिएको हुँ : बस्नेत

Aadil Times 1+ समाचार ( )
उनले भने , मोरङ ६(२) बाटै मन्त्री नै बनेको पनि छ । तर काम के गर्यो ?
१८ कार्तिक २०७९

विराटनगर । मोरङ क्षेत्र नं ६ (२) का प्रदेश सभा सदस्य उम्मेदवार पर्शुराम बस्नेतले नयाँ युगको जनप्रतिनिधि कस्तो हुनुपर्छ त्यसको मोडल आफु बन्ने बताएका छन् ।

आफ्नो क्षेत्रका मतदाताको समस्या बुझ्ने अभियानमा रहेका बस्नेतसँग केही सञ्चारकर्मीले गरेको अन्र्तक्रियामा उनले विराटनगरबाट प्रतिनिधित्व गर्दै ८ जना प्रधानमन्त्री भएपनि यस क्षेत्रको हुनुपर्ने जति विकास नभएकाले आफु जनप्रतिनिधिको मोडल बन्ने बताएका हुन् । उनले भने , मोरङ ६(२) बाटै मन्त्री नै बनेको पनि छ । तर काम के गर्यो ? 

उनले भने, ‘विराटनगर नेपाली राजनीतिको राजधानी हो, लोकतन्त्र, प्रजातन्त्र र गणतन्त्र ल्याउन गरिएको आन्दोलनको केन्द्र हो, सबै भन्दा पहिले उद्योग स्थापना भएकाले औद्योगिक केन्द्र पनि हो, धार्मिक र सांस्कृतिक केन्द्र हो, अहिले प्रदेशको राजधानी पनि विराटनगर हो । तर जुन हिसावले यहाँको विकास हुनुपर्ने हो त्यो हुन सकेको छैन ।’

उनले थपे, ‘सबैको केन्द्र हुदाँ हुदै पनि यहाँ विकास भनेजति नभएकाले त्यसका लागि नयाँ जेनेरेशनको जनप्रतिनिधि चाहिएको छ । युवा पुस्तालाई प्रतिनिधित्व गर्दै जनप्रतिनिधि कस्तो हुनुपर्छ भनेर म मोडल भएर देखाउँछु । जनताको शासक हैन सेवक भएर देखाउने छु ।’

बस्नेतले आफुलाई यस क्षेत्रका समस्या आफैले झेलेको बताए । उनले भने‘ म पनि हरेक वर्ष बाढीको समस्या भेल्दै आएको छु, बाढस्ले हरेक वर्ष नगरबासीहरु डुब्नुुपर्छ ।’ उनले बाढी, वेरोजगारी लगायतका यहाँका मुख्य समस्या रहेको भन्दै आफु जनप्रतिनिधि भए ती समस्या समाधानका लागि गुरुयोजना बनाएर त्यसको समाधान गर्ने बताए ।

उनी गठबन्धनका तर्फबाट नेपाली काग्रेसका केदार कार्की जो वर्तमान प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री हुन् उनीसँग मुख्य स्पर्धामा छन् । काग्रेसका गोपाल रेग्मीले स्वतन्त्र र नेकां बीपीका जर्नादन निरौलाले पनि उम्मेदवारी दिएका छन् । यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि एमालेबाट लालबाबु पण्डित र कांग्रेसबाट डा। शेखर कोइराला चुनावी मैदानमा छन् ।

प्रतिक्रिया