पोल हटाउन अटेरी प्राधिकरणलाई पटक पटक पत्रचार गरिएको थियो : महानगर

Aadil Times 1+ समाचार ( )
२० वैशाख २०८०

नेपाल बिद्युत प्राधिकरण ,विराटनगरले मनलागदि तवरमा  बिराटनगरको बिभिन्न स्थानमा पोल गाडेकाले निर्माण कार्यमा कठिनाई भोग्नुपरेको ,  बिराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले लाइभ न्यूजलाई बताएका छन्  । 

मेयर नागेशले भने बिहान लाइभ न्यूज संग कुरा गर्दै भने , पोलबारे लेखिएको समाचार ठिक छ , तर बिराटनगरको सम्पतिमा विधुत प्राधिकरणले कुनै पनि समन्वय नगरिकन पोल गाडेको प्रतिक्रिया दिएका छन् । 

पोल स्थानतरणको पटक—पटकको पत्रचार गर्दा पनि बिद्युत प्राधिकरणले वास्ता नगरेको मेयर नागेशले बताए । उनले भने , अब प्राधिकरणले पोल हटाँउछ , नभए कानुनी प्रक्रियामा जाने बताए । 

बिराटनगर महानगरको सम्पतीमा नाला बनाइएको मेयर नागेशले प्रतिक्रिया दिएका छन् । उनले भने , प्राधिकरणले कुनै पनि अनुमति नलिकन जताततै पोल गाडेको बताए । 


 


प्रतिक्रिया