पुरानालाई पन्साउँदै उदाए नयाँ अनुहार

Aadil Times 1+ समाचार ( )
६ मंगशिर २०७९

प्रतिनिधिसभा सदस्यतर्फ काठमाडौं २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार सोविता गौतम विजयी भएकी छन् ।

उनले १५ हजार दुई सय २९ मत पाएकी छन् भने निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार मणिराम फुँयालले ११ हजार ५ सय ५५ मत प्राप्त गरेका छन् ।

यसैगरी ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा.तोसिमा कार्कीको जित सुनिश्चित भएको छ । बुधबार बिहान सार्वजनिक मतपरिणामअनुसार कार्कीले १७ हजार ३२६ मत पाएकी छन् ।

उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अमृत खड्काले ८ हजार ९९६ मत पाएका छन् । सोही क्षेत्रमा उम्मेदवार बनेकी माओवादी केन्द्रकी पम्फा भुसालले ६ हजार ३४ मत पाएकी छन् ।


प्रतिक्रिया