राष्ट्रिय युवा संघ विराटनगर महानगर अध्यक्षमा निरन्जन ढुङ्गाना

Aadil Times 1+ समाचार ( )
२७ फाल्गुन २०७९

राष्ट्रिय युवा संघ नेपालको विराटनगर महानगर कमिटीमा नयाँ कार्यसमिति चयन भएको छ ।

पाञ्चालीस्थित नेकपा एमाले पार्टी कार्यालयमा आयोजित ९औं महाधिवेशनबाट नयाँ समिति चयन भएको हो ।

महाधिवेशनबाट नगर कमिटी अध्यक्षमा निरन्जन ढुङ्गाना चुनिएका छन् ।

उपाध्यक्षमा पप्पु अन्सारी, सचिव सागर लामा, सहसचिव अमर हुसेन, सह-सचिव अविसेक केडिया, कोषध्यक्ष प्रमिला राजवंशी भए ।

महाधिवेशनबाट ३८ सदस्यीय नगर कमिटी चयन गरिएको महानगरका अध्यक्ष ढुङ्गानाले बताए ।

महाधिवेशन नेकपा एमाले पोलिटब्युरो सदस्य तथा राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज महेश बस्नेतको प्रमुख अतिथ्यमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया