संसद भवन अगाडि आत्मदाह प्रयास गरेका प्रेम आचार्यको निधन

Aadil Times 1+ समाचार ( )
१० माघ २०७९

संघीय संसद भवन अगाडि आत्मदाहको प्रयास गर्ने प्रेम आचार्यको निधन भएको छ । उनले हिजो आत्मदाहको प्रयास गरेका थिए । आत्मदाहको प्रयासले आचार्यको शरीरको करिब ८० प्रतिशत भाग जलेको थियो ।

अस्पतालका चिकित्सक डा. किरण नकर्मीका अनुसार शरीर जलेर गम्भीर अवस्थामा आचार्यलाई अस्पताल ल्याइएकाले उनको अवस्थामा सुधार हुन सकेन । आचार्यलाई उपचारका लागि कीर्तिपुरस्थित रहेको बर्न अस्पतालमा राखिएको थियो । डा. नकर्मीका अनुसार आज विहान करिब ५ बजे उनको निधन भएको हो ।

प्रतिक्रिया