विश्वकप फुटबलमा पराजित भएपनि पोर्चुगल र ब्राजिल नकआउट चरणमा

Aadil Times 1+ समाचार ( )
१६ मंगशिर २०७९

कतारमा जारी फिफा विश्वकप फुटबलमा समूह चरणको खेलमा पराजित भएपनि पोर्चुगल र ब्राजिल नकआउट चरणमा पुगेका छन् ।

समूह ‘एच’ को शुक्रबार राति भएको खेलमा दक्षिण कोरियाले पोर्चुगलमाथि २–१ गोलको जित हात पारेको छ । यद्यपि हारको बाबजुद पोर्चुगल समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो भने दक्षिण कोरिया पनि उपविजेताको हैसियतमा नकआउट चरणमा पुगेको छ ।

समूह विजेता बनेको पोर्चुगलले समूहका दुई खेलमा जित हात पार्दै ६ अंक जोडेको छ । उपविजेता बनेको दक्षिण कोरियाले भने ४ अंक हात पारेको छ ।

यस्तै शुक्रबार राति नै भएको यसै समूहको अर्को खेलमा उरुग्वेले घानालाई २–० ले पराजित गरेको छ । उरुग्वे गोलअन्तरमा कोरियाभन्दा पछि रहेर समूह चरणबाट बाहिरियो ।

यसैगरी, ब्राजिल पनि समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । शुक्रबार राति नै भएको अर्को खेलमा क्यामरुनसँग १–० ले पराजित भएपनि ब्राजिल समूह विजेताको रुपमा नकआउट चरणमा पुगेको हो । हारसँगै ब्राजिलले ३ खेलमा ६ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ भने क्यामरुनले ३ खेलमा ४ अंक जोडेको छ । तर, क्यामरुन समूह चरणबाट बाहिरिएको छ ।

यस्तै, समूह ‘जी’ को उपविजेता बन्दै स्विटजरल्यान्ड नकआउट चरणमा प्रवेश गरेको छ । शुक्रबार राति भएको खेलमा सर्बियालाई ३–२ ले हराउँदै स्विट्जरल्यान्ड नकआउट चरणमा पुगेको हो ।

ब्राजिल ३ खेलमा ६ अंक जोड्दै समूहको शीर्षस्थानमा रह्यो । स्विटजरल्यान्ड ६ अंकका साथ समूह उपविजेता बन्यो । ४ अंक जोडेको क्यामरुन र १ अंक जोडेको सर्बिया समूह चरणबाट बाहिरिएका छन् ।

प्रतिक्रिया