नेप्सेमा १५ अंकको गिरावट

Aadil Times 1+ समाचार ( )
१२ मंगशिर २०७९

मौद्रिक नीतिको समीक्षा लगत्तै सेयर बजारमा १५ अंकमाथिको गिरावट आएको छ । नेपाल राष्ट्र बैँकले आइतबार चालू आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरे लगत्तै सोमबार नेप्से सूचकमा १५ अंक माथिको गिरावट आएको हो ।

यसदिन नेप्से सूचक १५.६१ अंकले घट्दै १९५०.३७ अंकमा झरेको छ भने कारोबार रकममा समेत गिरावट आउँदै १ अर्ब ४९ करोड ४३ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिन झन्डै ३३ अंकले नेप्से घटेको बजारमा २ अर्ब २ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

आज म्युचुअल फन्ड र ट्रेडिङ समूहको उपसूचक बाहेक अन्य सबै उपसूचक ऋणात्मक भएका छन् । सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक १.५१ प्रतिशतले घटेको छ भने म्यानु एण्ड प्रो समूहको १.४१ प्रतिशतले, डेभलपमेन्ट बैंक समूह १.३८ प्रतिशतले, हाइड्रोपावर समूह १.२२ प्रतिशतले घटेको छ ।

यता म्युचुअल फन्ड र ट्रेडिङ समूहको उपसूचक भने क्रमशः ०.२४ प्रतिशत र ०.१६ प्रतिशतले बढेका छन्।

प्रतिक्रिया