मोरङ ६ ‘क’ बाट माओवादीका जीवन आचार्य विजयी

Aadil Times 1+ समाचार ( )
७ मंगशिर २०७९

मोरङ ६ (क) बाट नेकपा माओवादी केन्द्रका जीवन आचार्य प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । उनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका ज्वाईँ हुन् ।

नेकपा एमालेकी उम्मेदवार रीता न्यौपानेलाई १ हजार ८ सय ८३ मतले पराजित गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

आचार्यले १९ हजार ४ सय ५४ मत प्राप्त गरे भने न्यौपानेले १७ हजार ५७१ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया