मल र बीउ दिनेलाई किसानको भोट

Aadil Times 1+ समाचार ( )
२४ कार्तिक २०७९

विराटनगर । मोरङ क्षेत्र नं.५ का मतदाता भने समयमा मल, बीउ र उत्पादन भएको तरकारी उचित मूल्यको ग्यारेन्टी गर्ने उम्मेदवारलाई नै भोट दिने बताउँछन् । मोरङको क्षेत्र नं.५ भारतसँग सीमा जोडिएको क्षेत्र पर्दछ । यस क्षेत्रका जनताको मुख्य आम्दासीको स्रोत कृषी खेती नै हो । तर, समयमा रासायनिक मल र बीउ नपाउँदा यहाँका किसान हैरान छन् ।

यहाँका मतदाताले नयाँ जोस र योजना भएका उम्मेदवार खोजिरहेको जहदा १ कुडरीयाका महमद सफिर उदिनले बताए । ‘हामीले भाषण मात्र गर्ने होइन, स्पष्ट योजना र लगानीको वातावरण बनाउन सक्ने जनप्रतिनिधि खोजेका छौं,’ उनले भने । उदिनको तीन बिघा खेती रहेको छ । धान बाली पाकेर भित्र्याएपछि अहिले उनले मकै लगाउने तयारी गरेका छन् । त्यसको लागि खेत जोतेर बाली बलाउन ठिक्क बनाएका छन् । तर, अहिले रासायनिक मल नपाएर उदिन मात्र होइन यहाँका कृषकहरू हैरानी छन् । तेही भएर अहिले भोट माग्न आउने उम्मेदवारहरूलाई उदिने भन्ने गरेका छन्, ‘हामीलाई कृषिका लागि आवश्यक मल, बीउ र उचित बजारीकरण गर्न सक्ने जनप्रतिनिधिको खाँचो छ ।’

यस क्षेत्रमा प्रतिनिधीसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका शिवकुमार मण्डल, जनता समाजवादीबाट राजकुमार यादव र स्वतन्त्रबाट योगेन्द्र मण्डल चुनावी मैदानमा छन् । प्रदेश सभातर्फ ५ (२) मा नेपाली काँग्रेसबाट अमृत अर्याल र जनता समाजवादीबाट जयराम यादव उठेका छन् ।

मण्डल निर्वतमान संघिय संसद हुन् । उनले २०७४ मा पनि सोही निर्वाचन क्षेत्रबाट चुनाव जितेका थिए । प्रदेशसभापतर् उम्मेदवारी दिएका यादव प्रदेश १ का स्वास्थ्यमन्त्री हुन् । उनले प्रदेश सभामा २०७४ मा सोही निर्वाचन क्षेत्रबाट चुनाव जितेका थिए ।प्रतिनिधी र प्रदेश सभातर्फ उठेका उम्मेदवारहरूले किसानको समस्या र अन्य नगदेबालीका लागि अनुदान, मल, बीउ र उचित बजारीकरणको आश्वासन दिइरहेका छन् ।

चुनावी अभियानको क्रममा भेटिएका मोरङ क्षेत्र नं.५ (२) का जसपाबाट उम्मेदवार यादवले शिक्षा, स्वास्थ्य र कृषीलाई प्राथामिकतामा राखेको बताए । कृषि उत्पादनको बजारीकरण देखि आफ्नो निर्वाचन क्षेत्रको किसानको समस्या आफुले बुझेको र त्यसको सावधान गर्ने भन्दै मत माग्दै आएका छन् । यादवले यसअघि आफूले गरेको प्रतिबद्धता पुनः दोहो¥याउँदै यसपटक कार्यान्वयन गर्ने आश्वासन दिंदै मत मागिरहेका छन् । अन्य दलका उम्मेदवार र स्वतन्त्रले पुराना जनप्रतिनिधि र मुख्य दलका नेताले सोचेअनुसार काम नगरेको भन्दै नयाँ अनुहारलाई काम गर्ने मौका दिन आग्रह गर्दै आएका छन् ।

प्रतिक्रिया