राष्ट्रपति भण्डारीबाट पशुपति शमशेर जबराले लिए शपथ

Aadil Times 1+ समाचार ( )
६ पौष २०७९

प्रतिनिधिसभाका ज्येष्ठ सदस्यको रुपमा राप्रपाका पूर्वअध्यक्ष पशुपति शमशेर जबराले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका छन् । बुधबार शीतल निवासमा राष्ट्रपति भण्डारीले राणालाई शपथ गराएकी हुन् ।

बिहीबार ज्येष्ठ सदस्य राणाले दुई सय ७४ प्रतिनिधिसभा सदस्यलाई शपथ गराउने छन् । निर्वाचन आयोगमा भरेको व्यक्तिगत फारममा महिन्द्र राय यादवको उमेर ८५ वर्ष उल्लेख थियो ।

तर, उनले आफ्नो नागरिकतामा उमेर धेरै भएको भन्दै शपथ नलिने जानकारी गराएपछि आयोगले संसद् सचिवालयलाई ८१ वर्षीय राणालाई ज्येष्ठ सदस्यको नाम पठाएको थियो । सोही नाम संसद् सचिवालयले राष्ट्रपतिलाई बुझाएपछि बुधबार राणाले शपथ लिएका हुन् ।

संसद् सचिवालयले ७ पुस (बिहीबार) प्रतिनिधिसभा सदस्यहरूको शपथ हुने सूचना जारी गरेको छ । राष्ट्रपति भण्डारीले आगामी १० पुससम्म प्रधानमन्त्रीमा दाबी गर्न आह्वान गरेकाले अब बिहीबारदेखि दलहरू सरकार गठनको गृहकार्यमा जुट्ने भएका छन् ।


प्रतिक्रिया

सम्बन्धित समाचार