विराटनगरमा खेलकुद महासंघको दोश्रो महाधिवेशन आज देखि शुरु हुँदै

Aadil Times 1+ समाचार ( )
६ फाल्गुन २०७९

नेपाल खेलकुद महासंघको दोश्रो महाधिवेशन आज देखी विराटनगरमा हुदैं छ । महासंघले शनिवार विराटनगरमा पत्रकार सम्मेलन गरी महाधिवेशन र खुला दौड प्रतियोगिताको बारेमा जानकारी दिँदै आइतबार हुने खुला दौड प्रतियोगितामा एमाले अध्यक्ष केपी शर्मा ओली आउने जानकारी गराएको हो ।

महाधिवेशन उद्घाटनको अवसरमा फागुन ७ गते केपी ओली रोडरेसको प्रथम संस्करण २०७९ हुने आयोजक समितिका संयोजक पर्शुराम बस्नेतले जानकारी दिए ।

सहिद रंगशाला विराटनगरबाट शुरु हुने रोडरेस (खुला दौड) हाटखोला पुष्पलाल चोक, बरगाछी, महेन्द्र चोकहुँदै रोडशेष पुगेर महाधिवेशन स्थल पुग्ने तयारी गरिएको उनले बताए । खुला सडक दौड (रोडरेस) प्रतियोगितामा प्रथम हुने महिला र पुरुषले जनही नगद एक÷एक लाख पुरस्कार प्राप्त गर्ने जानकारी दिइयो ।

महासंघको महाधिवेशनलाई लक्षितगरी नेफोस राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा विराटनगरमा राष्ट्रिय पुष्पलाल स्मृति व्याडमिन्टन प्रतियोगिता जारी रहेको छ । ब्याडमिन्टन प्रतियोगिता २ गतेदेखि जारी छ आइतबार सम्पन्न हुनेछ ।

नेपाल खेलकुद महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन समुद्घाटन समारोह आइतबार विराट नर्सिङ होम पूर्व रहेको महोत्सवस्थलको मैदानमा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट हुने बस्नेतले बताए ।


प्रतिक्रिया