सोलुखुम्बुको जंगलमा ३ दिनदेखि डढेलो

Aadil Times 1+ समाचार ( )
९ माघ २०७९

सोलुखुम्बुका दुई जङ्गलमा लागेको डढेलो नियन्त्रण बाहिर गएको छ।​सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ८ सिगानेस्थित वनमा तीन दिनदेखि लागेको डढेलो नियन्त्रण बाहिर गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रहरी कार्यालयका सूचना अधिकारी रामकिशोर शाहका अनुसार शनिवार बिहान ९ बजेबाट शुरु भएको डढेलो अहिलेसम्म नियन्त्रणमा आएको छैन । यस्तै सोलुदुधकुण्ड नगरपालिका ५ र माप्यदुधकोशी गाउँपालिका ५ को सिमाना क्षेत्रको रात्नागी सामुदायिक वन क्षेत्रमा आइतवारदेखि लागेको डढेलो पनि नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया