मतदान अधिकृत मतदान केन्द्रमै मृत भेटिए

Aadil Times 1+ समाचार ( )
२ मंगशिर २०७९

सोलुखुम्बुको एउटा मतदान केन्द्रमा सुतेकै ओछ्यानमा एक जना मतदात अधिकृत शनिबार बिहान मृत भेटिएका छन् ।

प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–४ को फुर्के सामुदायिक बन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु राय सुतेकै ठाउँमा मृत फेला परेका हुन् । राय मतदान केन्द्रमै सुतेका थिए ।

बिहान ४ बजेतिर उठाउन गएका कर्मचारीले उनलाई मृत फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । रायको घर सुर्लाहीको हरिपूर्वा हो । उनी आयुर्वेद स्वास्थ्य केन्द्र नेचा सोलुखुम्बुमै कार्यरत थिए ।

मृत फेला परेका रायमा मधुमेह र मुटुको पुरानै समस्या रहेको पाइएको छ । प्रहरीले घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ ।


प्रतिक्रिया