नक्कली नोटसहित नेपालगञ्जबाट तीन जना पक्राउ

Aadil Times 1+ समाचार ( )
२ फाल्गुन २०७९

बाँकेको नेपालगञ्जबाट नेपाली नक्कली नोटसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले नेपालगञ्ज उपमहानगर-२ स्थित न्यूरोडबाट कोहलपुर नगरपालिका-११ का ३३ वर्षीय मोहन कुमाइ, अछामको तुर्माखाँद गाउँपालिका-३ का ३७ वर्षीय दीपक बिसी र सल्यानको वनगाँड कुपेण्डे नगरपालिका-५ का ३० वर्षीय मोहन रानालाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले एक हजार दरका ५६९ थान नक्कली नोट बरामद गरेको छ । नक्कली नेपाली रुपैयाँ बोकेर हिँडिरहेका तीनै जनालाई मंगलबार साँझ प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो ।


प्रतिक्रिया