जनमत पार्टीको क्षेत्र नं. २ को जनसम्पर्क कार्यालय

Aadil Times 1+ समाचार ( )
१९ मंगशिर २०७९

सप्तरीको राजविराज नगरपालिका वडा न. ५ मा जनमत पार्टीको  क्षेत्र नं. २ को जनसम्पर्क कार्यालय स्थापना गरिएको  छ । 

कार्यालय स्थापनाको अवसरमा क्षेत्र नंं २ ख का नवनिर्वाचित सदस्य महेश प्रसाद यादव,सुरज सिंह संयुक्त रुपमा होम,जाप,पुजा,पाठ गर्दै क्षेत्र नं. २ को जनसम्पर्क कार्यालय स्थापना गरिएको हो । 

यस जनसम्पर्क कार्यालयबाट क्षेत्र नं. २ को प्रदेशसभा १ र २ दुबैको आम जनताको समस्या,गुनासो,लगायतको लागी मो.न.ं ९८०७७०६५९८ समेतबाट आ आफनो गुनासो,प्रतिक्रिया,समस्या राख्न सक्ने प्रदेशसभा सदस्य यादवले जानकारी दिएका छन् । क्षेत्र नं. २ को जनसम्पर्क कार्यालय स्थापना पुर्व पण्डित रामचन्द्र ठाकुर द्दारा होम,जाप,पुजा,पाठ गर्दै यस गृह प्रवेशको लागी ईश्वरसंग कामना समेत गरेका थिए । सो अवसरमा पार्टीका जिल्ला ईनचार्य ममता झा,नेता कृष्णचन्द्र मण्डल,नरेश राउत,मनोज यादव,अनिल झा, लगायतको उपस्थिती रहेको थियो । 



प्रतिक्रिया