भुसालद्वारा प्रतिबद्धता पत्र सार्वजनिक

Aadil Times 1+ समाचार ( )
२१ कार्तिक २०७९

सत्ता गठबन्धनको समर्थनमा रुपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार घनश्याम भुसालले प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्। उनले बुद्धको मालवी देवदह र लुम्बिनी बुद्ध विश्व विद्यालयमा विशेष जोड दिएर विकास गर्दा रुपन्देही क्षेत्र नम्बर १ को मात्रै विकास नभई राष्ट्रियकरण विकासमा जोड्न सकिने योजना रहेको बताएका छन्।

प्रतिबद्धता पत्रमा शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, सुशासन, रोजगारी सिर्जना र शान्ति सुरक्षालाई पहिलो प्राथमिकतामा राखिएको छ । यस्तै कृषि, खानेपानी तथा सरसफाइ, पर्यटन, भूमि व्यवस्था, युवा स्वरोजगार तथा खेलकुद, भौतिक पूर्वाधार तथा सडक, विद्युत्, नदी नियन्त्रण तथा तटबन्ध, औद्योगिक तथा व्यावसायिक पूर्वाधार, शान्ति सुरक्षा, प्राकृतिक स्रोत साधनलगायत १६ वटा विषयमा विभाजन गरी योजना समावेश गरिएको छ।

कार्यक्रममा भुसालसँगै प्रदेशसभा सदस्यका उम्मेदवार अब्दुल रज्जाक र विश्वनाथ यादवले उपस्थिति रहेकोले थियो । यहाँ स्वतन्त्र रूपमा त्रिभुज चुनाव चिह्न लिएर मैदानमा गएका भुसाललाई गठबन्धन दलहरूले समर्थन गरेका हुन् । यसअघि रुपन्देही क्षेत्र नम्बर ३ उठेका भुसालले अहिले नीति र विकास दुवै मुद्दामा केन्द्रमा राखेर १ नम्बरको क्षेत्रमा मैदानमा गएको बताए ।

प्रतिक्रिया