विराटनगर महानगरपालिकाको अत्यन्त जरुरी सूचना

Aadil Times 1+ समाचार ( )
६ पौष २०७९

विराटनगर महानगरपालिका क्षेत्रभित्र रहेका सरकारी तथा सार्वजनिक कार्यालयहरू, गैरसरकारी संघ/संस्था, प्रतिष्ठान, धार्मिकस्थल, स्वास्थ्य तथा शैक्षिक संस्था, घर, पसल तथा व्यवसाय एवं कम्पनी तथा अन्य प्रकृतिका निजी कार्यालय, शहरका मुख्य स्थानहरूमा घरधनीले जमिन घेरबार नगरी छोडेका स्थानहरूका परिसरलाई नियमित सरसफाई नगरेका कारण यत्रतत्र छरिएर रहेका पुराना उपकरण तथा अन्य प्रकृतिका फोहरमैला आदिले तत्–तत् स्थान मात्र नभई सिंगै शहरको सौन्दर्यतामै ह्रास आएको देखिन्छ । 

फोहोर व्यवस्थापन गर्नुपर्ने हरेक व्यक्ति तथा निकायको कानुनी कर्तव्य हो । विराटनगर महानगरपालिकाले जारी गरेको फोहरमैला निष्काशन, संकलन तथा अन्तिम विसर्जनसम्बन्धी निर्देशिका(२०६८), फोहरमैला व्यवस्थापन ऐन( २०६८), तथा ऐ.नियमावली २०७० ले दिएको कानुनी व्यवस्थाबमोजिम सबै प्रकारका सरकारी तथा निजी कार्यालय तथा व्यक्तिहरूले आफ्नो परिसरको फाहोरमैला ३५ दिनभित्र आफैं व्यवस्थापन गरी शहरलाई सफासुन्दर राख्न सहयोग गर्नुहोला । 

अन्यथा प्रचलित कानुनबमोजिम दण्ड जरिवाना गरिने र फोहरमैला व्यवस्थापन गर्न लागेको खर्चसमेत सम्बन्धित फोहर उत्पादकबाटै असुल गरी त्यस्ता फोहरमैला उत्पादककर्ताको नामसमेत सार्वजनिक गरिने व्यहोरासमेत यसै सूचनामार्फत सुचित गरिन्छ । साथै सडक आसपासमा सञ्चालनमा रहेका सवारी साधनका ग्यारेजहरू, कवाडी संकलन तथा बिक्रीवितरण स्थल, माछा–मासु पसलहरू सडक मापदण्ड छोडी व्यवस्थित रुपमा सञ्चालन गर्न हुनसमेत अनुरोध गरिन्छ । 

सरकारी कार्यालय, मठमन्दिर, विद्यालय तथा सार्वजनिकस्थल आसपास मदिरा, सुर्तीजन्य पदार्थहरू, गुट्खालगायतका धु्र्मपानजन्य वस्तुको बिक्रीवितरण नगर्न हुन पनि अनुरोध छ । अनुगमनका क्रममा नियमविपरीत भएको पाइएमा तत्काल प्रचलित कानुनअनुसार कारबाही हुने व्यहोरासमेत जानकारी गराइन्छ ।

 साथै नक्सा पास र दर्ता गरेर मात्रै जुनसुकै किसिमका पसल वा व्यवसाय सञ्चालन गर्नहुन विशेष अनुरोध छ । महानगरपालिकाको सौन्दर्यकरणमा ह्रास आउने भएकाले बजार क्षेत्रमा नम्बरी जग्गामा भए पनि छाप्राबाट व्यवसाय गर्न/नगराउन पनि यसै सूचनामार्फत अनुरोध गरिन्छ ।

 यस विषयमा थप जानकारी आवश्यक भए सरसफाई व्यवस्थापन शाखा, विराटनगर महानगरपालिकामा सम्पर्क गर्न हुनसमेत अनुरोध छ । 

प्रतिक्रिया