चीनमा कोरोनाको नयाँ लहर

Aadil Times 1+ समाचार ( )
४ पौष २०७९

चीनमा कोरानाबाट करिब १० लाख मानिसको मृत्यु हुन सक्ने एक अध्ययनले देखाएको छ ।

हङकङ विश्वविद्यालयका ३ जना प्राध्यापकहरूले गरेको अनुसन्धानमा अहिलेको अवस्थामा देशव्यापी प्रतिबन्ध खुकुलो बनाउँदा प्रत्येक १० लाखमा ६ सय ८४ जनाको मृत्यु हुन सक्ने उल्लेख गरिएको हो ।

देशका ठूला सहरहरू देखि विशाल ग्रामीण क्षेत्रहरुमा फैलिएको संक्रमणको नयाँ लहरले ठूलो संख्यामा मृत्यु हुन सक्ने देखाएको हो ।

कोरोना भाईरस संक्रमणको ३ वर्ष पूरा हुँदै गर्दा चीनमा संक्रमण झन तीब्र बनेको छ । सरकारले यसबीचमा गरेको लकडाउन, सामूहिक परीक्षण र खोपले पनि चीनमा संक्रमण नियन्त्रण हुन सकको छैन ।

प्रतिबन्ध विरुद्ध देशभर व्यापक प्रदर्शनपछि सरकारले प्रतिबन्धहरू खुकुलो बनाएको छ । तर जोखिम विरुद्ध जुध्न यथेस्ट तयारी नभएको विज्ञहरूले चेतावनी दिएका छन्।

वृद्धवृद्धाको खोप दर सशक्त पार्न, अस्पताल, गहन हेरचाह क्षमता बढाउन र एन्टिभाइरल औषधिहरू भण्डार गर्न देशको तयारी पर्याप्त नभएको विज्ञहरूको भनाइ छ । अध्ययन प्रतिवेदनमा संक्रमणको नयाँ लहरले स्वास्थ्य प्रणालीमा ब्यापक बोझ पर्ने समेत देखाइएको छ ।

प्रतिक्रिया