धनगढीमा तनाव :३७ राउन्ड हवाई फायर, दर्जनौं विद्यार्थी पक्राउ

Aadil Times 1+ समाचार ( )
१६ मंगशिर २०७९

ग्रेडरको ठक्करबाट एक छात्राको मृत्यु भएपछि कैलालीको धनगढी तनावग्रस्त बनेको छ । धनगढीमा विद्यार्थीहरू प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको हो ।

जिल्ला प्रशासन कार्यालयले लगाएको निषेधाज्ञा तोडेर विद्यार्धीहरु प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको हो । स्थितिलाई नियन्त्रणमा लिनको लागि प्रहरीले ३७ राउन्ड हवाई फायर गरेको समेत गरेको छ ।

हवाई फायरपछि विद्यार्थीहरू तितरवितर भएका छन । ग्रेडरले किचेर आफ्ना सहपाठीको मृत्यु भएपछि विद्यार्थीहरू आन्दोलित भएका हुन् ।

हिजो बिहान १० बजे धनगढीको पञ्चोदय माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत चेतना साउँदको सडक निर्माणका क्रममा ग्रेडरले किचेर मृत्यु भएपछि विद्यार्थीहरू आन्दोलित भएका हुन् ।

घटनाले बृहत रूप लिएपछि हिजो साँझ ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालय कैलालीले निषेधाज्ञा जारी गरेको थियो ।

निषेधाज्ञाकै बीचमा अहिले पनि धनगढीका केही स्थानमा प्रहरी प्रशासनविरूद्ध विद्यार्थीहरू नाराबाजी गर्दै प्रदर्शन गरिरहेका छन् । प्रदर्शनमा सहभागी दर्जनौं विद्यार्थीलाई प्रहरीले पक्राउ समेत गरेको छ । विद्यार्थीले घटनाको क्षतिपूर्तिसहित चालकलाई कारबाहीको माग गरिरहेका छन् । अहिले जिल्ला प्रशासन कार्यालयमा छलफल जारी रहेको छ ।

प्रतिक्रिया