नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारतीय गणतन्त्र दिवसको अवसरमा शुभकामना दिएका छन्। दुई देशबीचको सहकार्य मजबुत हुने विश्वास गर्दै ओलीले मोदीलाई शुभकामना दिएका छन्।
>
मोदीलाई मेन्सन गर्दै ट्वीटरमा लेखेका छन्, ‘भारत सार्वभौम, लोकतान्त्रिक र गणतन्त्रात्मक राष्ट्र घोषित भएको ७४ औं वर्ष (आजादीका अमृत महोत्सव), अर्थात् भारतीय गणतन्त्र दिवसको अवसरमा मेरा मित्र भारतीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीजी र भारतीय जनतामा हार्दिक शुभकामना व्यक्त गर्दछु।’
>
उनले भारतीय गणतन्त्र दिवसको अवसरमा गहिरो आपसी मित्रता, पारस्परिक सम्मान र विश्वासमा आधारित सम्बन्ध विकास हुने विश्वास व्यक्त गरेका छन्।
>>