क्रिकेट टिमका कप्तान रोहित पौडेललाई ५१ हजार नगदसहित सम्मान

Aadil Times 1+ समाचार ( )
७ चैत्र २०७९

बर्दघाट नगरपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित कुमार पौडेललाई एक कार्यक्रमका बीच सम्मान गरेको छ । 

काठमाडौंमा सम्पन्न नेपाल, पपुवान्युगिनी र यूएई सम्मिलित एकदिवसीय क्रिकेटमा यूएईलाई पराजित गर्दै विश्वकप छनोट चरणमा नेपाल प्रवेश भएसँगै टिम कप्तान समेत रहेका बर्दघाट नगरपालिका-१४ निवासी पौडेललाई नगरपालिकाले नगद ५१ हजारसहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो ।

कार्यक्रममा नगरप्रमुख शम्भुलाल श्रेष्ठले नेपालको नाम अन्तर्राष्ट्रियस्तरमा चिनाउन महत्त्वपूर्ण भूमिका पौडेलले खेलेको भन्दै प्रशंसा गरेका थिए ।

उनले क्रिकेटको लागि मैदानको व्यवस्थापन हुन नसक्दा खेलाडीलाई केही अप्ठेरो भएको बताउँदै नगरले जग्गा व्यवस्थापन गरी क्रिकेट मैदान बनाउन पहल गर्ने बताए ।

कप्तान पौडेलले सम्मान गरेकोमा आभार व्यक्त गर्दै स्थानीयस्तरमा खेलाडी उत्पादनमा भौतिक पूर्वाधारमा लगानी गर्नुपर्नेमा जोड दिएका थिए ।

उनले खेल मैदानको व्यवस्थापन र खेल क्षेत्रमा पनि नगरले लगानी गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया