इङ्ल्यान्डाविरुद्ध भारतको पहिले ब्याटिङ सुरु

Aadil Times 1+ समाचार ( )
२४ कार्तिक २०७९

आईसीसी टी–ट्वान्टी विश्वकपको दोस्रो सेमिफाइनलमा इङ्ल्यान्डविरुद्ध भारतले पहिले ब्याटिङ गर्ने भएको छ । एडिलेट ओभलमा इङ्ल्यान्डले टस जितेर पहिले फिल्डिङ रोजेपछि भारतले ब्याटिङको निम्तो पाएको हो ।

आजको खेलमा जित निकाल्दै दुवै टोली तेस्रो पटक फाइनलमा पुग्ने योजनामा हुनेछन् ।

यसअघि भारत दुई पटक फाइनलमा पुगेको थियो । भारतले सन् २००७ को विश्वकप जितेको थियो । यता इङ्ल्यान्ड दुई पटक फाइनलमा पुगेको थियो भने सन् २०१० को तेस्रो संस्करणको टी–ट्वान्टी विश्वकपको उपाधि जितेको थियो ।


प्रतिक्रिया