तोलामा ६ सयले बढ्यो सुनको मुल्य

Aadil Times 1+ समाचार ( )
२४ पौष २०७९

आज सोमबार सुनको भाउ बढेको छ। आइतबार तोलाको १ लाख ३ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ६ सयले बढेर १ लाख ३ हजार ९ सयमा प्रति तोला कारोबार भईरहेको हो।

छापावाल सँगै तेजाबी सुन पनि तोलामा ६ सयले बढेर प्रति तोला १ लाख ३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको भाउ पनि बढेको छ। तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८९ हजार ८० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८८ हजार ६ सय ५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ९२ रुपैयाँ कायम गरेको छ

प्रतिक्रिया

सम्बन्धित समाचार