शेखर कोइरालाको समर्थनमा उम्मेदवारी फिर्ता

Aadil Times 1+ समाचार ( )
१८ कार्तिक २०७९

विराटनगर । प्रतिनिधिसभा चुनावमा मोरङ क्षेत्र ६ का बहुजन समाजवादी पार्टीका उम्मेदवार नारायण पासवानले उम्मेदवारी फिर्ता लिएका छन् । उनले सत्तारूढ गठबन्धन कांग्रेसका उम्मेदवार शेखर कोइरालालाई समर्थन गरेका छन् । पासवानले शुक्रबार विज्ञप्ति जारी गर्दै कोइरालालाई समर्थन गरेका हुन् ।

‘मुलुकको लोकतान्त्रिक आन्दोलनको नेतृत्व गरेको कांग्रेसका उम्मेदवार कोइरालालाई जिताउन पार्टी सम्बद्ध सबैलाई आह्वान गर्छु’ पासवानले विज्ञप्तिमा भनेका छन् । पासवान पार्टीको जिल्ला अध्यक्ष हुन् ।

मोरङ ६ मा एमालेबाट निवर्तमान सांसद लालबाबु पण्डित, जनता प्रगतीशील पार्टीका प्रशान्त ठाकुरलगायत अब १२ दल र ३ जना स्वतन्त्र गरी १५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया