जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

Aadil Times 1+ समाचार ( )
८ चैत्र २०७९

पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको कमल गाउँपालिका-४ सीतापुरीमा गए राति जिपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल-५ का ४० वर्षीय चन्द्रबहादुर राई रहेका छन् ।

पूर्वतर्फ गइरहेको मे १ ज १९४२ नम्बरको जिपले बाटो पार गर्दै गरेका राईलाई ठक्कर दिएको थियो ।

ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

जिपका चालक इलाम नगरपालिका-२ का ३२ वर्षीय पेम्बा तामाङलाई आज बिहान प्रहरीले विर्तामोडस्थित बसपार्कबाट पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय दमक र ट्राफिक प्रहरी पोष्ट केर्खाको संयुक्त प्रहरी टोलीले फरार चालकलाई पक्राउ गरेको हो ।


प्रतिक्रिया

सम्बन्धित समाचार