विकास र समृद्धि मेरो पहिलो लक्षय : भिम पराजुली

Aadil Times 1+ समाचार ( )
पराजुलीले भने “गठबन्धनका उम्मेदवार जिताउने जिम्मा...
२० कार्तिक २०७९

नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा मोरङ क्षेत्र न.४ (ख) प्रदेशसभा सदस्यका उम्मेदवार भीम पराजुलीले विकास र समृद्धिका लागि काम गर्न सक्ने उम्मेदवारलाई जिताउन मतदातालाई आग्रह गरेका छन् ।

मोरङ क्षेत्र न.४ (ख)को चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । आफु नेतृत्वमा रहदा विकास र समृद्धिका लागि काम गर्दै आएको स्मरण समेत गरेका छन् । धार्मिक तथा सामाजिक छवि बनाएका पराजुलीले विकास र समृद्धि गर्ने उम्मेदवार आजको आवश्यकता भएको औल्याए । यो नै पहिलो र हाम्रो लक्ष्य हो । हामी अहिले आशिर्वाद लिने ठाउमा छौ ,चुनाव जिताउनु होस तपाइहरुले सोचेको सपना हामी पुरा गछौं ।

पराजुलीले भने “गठबन्धनका उम्मेदवार जिताउने जिम्मा तपाइ,हाम्रो माझमा छ त्यो यसपटक पुरा गरौ । पराजुलीले भने संविधानको रक्षा ,लोकतान्त्रिक व्यवस्थाको स्थायित्वका लागि पनि हामी एक हुन आवश्यक छ ।”

प्रतिक्रिया