तीन वर्षपछि खुलेको केरुङ नाका

Aadil Times 1+ समाचार ( )
२३ पौष २०७९

तीन वर्षपछि पुस १० गते आइतबारदेखि केरुङ नाकाबाट निर्यात खुला भयो । नेपाल सरकारले लामो समयदेखि आग्रह गर्दै आए पनि कोरोना महामारीको कारण देखाउँदै चीन सरकारले उत्तरतर्फका सबै नाका बन्द गरेको थियो ।

यसबीचमा आक्कलझुक्कल चीनबाट हुने आयात खुला भए पनि निर्यात भने तीन वर्ष पूर्ण रूपमै बन्द रह्यो ।यो बीचमा चीन सरकारले कोरोना महामारीमा सहज नीति अवलम्बन गरेपछि केरुङ नाकाबाट निर्यात खुला गरेको हो । यही समय नेपालमा बनेको नयाँ सरकारसँग जोडेर नाका खुलाको चर्चा भयो ।

नयाँ सरकार गठन भएसँगै चीन सरकारले उत्तरी नाका खुुला गरेको चर्चा व्यापक भए पनि नेपालबाट निर्यात भने सुुस्त गतिमा छ ।

लामो समयदेखि बन्द रहेको रसुुवाको केरुङ नाका पुस १० गतेदेखि खुला भए पनि निर्यात भने न्यून रहँदै आएको छ । झन्डै दुई साताको यो अवधिमा दैनिक एक कन्टेनर मात्रै निर्यात भइरहेको छ ।

प्रतिक्रिया