उदयपुरका दुई स्थानमा बम विस्फोट

Aadil Times 1+ समाचार ( )
३ मंगशिर २०७९

उदयपुरको दुई ठाउँमा बम विस्फोट भएको छ ।

अज्ञात समूहले उदयपुरगढी गाउँपालिकाको वडा नं ७ र ८ को मध्यभागको जंगल र त्रियुगा नगरपालिका १६ को जंगलमा शुक्रबार मध्यराततिर विस्फोट गराएको प्रारम्भिक अनुसन्धानमा खुलेको हो। विस्फोटबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ । हालसम्म विस्फोटको जिम्मा कसैले लिएको छैन ।

निर्वाचनलाई बिथोल्ने गरी विस्फोट भए पनि जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए ।

उदयपुरमा दुई प्रतिनिधि र चार प्रदेशसभा निर्वाचन क्षेत्र छन् ।

रातको समयमा बम विस्फोट भएपछि सुरक्षा व्यवस्था थप कडा गरिएकाले मतदातालाई निर्धक्क भएर मतदान गर्न प्रमुख गौतमले अनुरोध गरेका छन् ।

प्रतिक्रिया