एसीसी प्रिमियर कप : कुवेतविरुद्ध नेपालले गुमायो तीन विकेट

Aadil Times 1+ समाचार ( )
१५ वैशाख २०८०

घरेलु टिम नेपालले एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा कुवेतविरुद्ध तेस्रो विकेट गुमाएको छ । ७७ रनमा पहिलो विकेट गुमाएको नेपालले लगातार विकेट गुमाएको छ ।

नेपालका लागि कुशल भुर्तेलले ३९ बलमा सात चौका र एक छक्का प्रहार गर्दै ४३ रन बनाए । तेस्रो नम्बरमा ब्याटिङ गर्न भीम सार्कीले एक रन बनाएर आउट भए ।

भीम आउट हुँदा नेपालको स्कोर ७८ थियो । त्यसपछि ओपनर आसिफ शेख ८० रन हुँदा आउट भए । आसिफले २८ बलमा तीन छक्का र एक चौका प्रहार गर्दै ३१ रन बनाएर आउट भए ।

टीयू क्रिकेट मैदानमा कुवेतविरुद्ध कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लािग ७७ रनको साझेदारी गरेर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । तर नेपालले तीन रन जोड्दा तीन विकेट गुमायो ।

नेपाल समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । यता, कुवेत समूह ‘बी’ को उपविजेता बनेर सेमिफाइनलमा स्थान बनाएको हो ।

प्रतिक्रिया