नेपाल टी-ट्वेन्टी क्रिकेट लिगमा पोखराको लगातार पाँचौ हार, विराटनगर ८ विकेटले विजयी

Aadil Times 1+ समाचार ( )
१४ पौष २०७९

नेपाल टी-ट्वेन्टी क्रिकेट लिगमा पोखरा एभेन्जर्स विराटनगर सुपर किंग्ससँग पराजित भएको छ । कीर्तिपुर मैदानमा बिहीबार भएको खेलमा विराटनगरसँग ८ विकेटले पराजित पोखराको यो लगातार पाँचौ हार हो ।

पोखराले दिएको १ सय ३६ रनको लक्ष्य विराटनगरले १८ ओभर ४ बलमा २ विकेट गुमाएर पुरा गर्‍यो । विराटनगरका रोहित पौडेलले अविजित ७१ रनको अर्धशतक बनाए । गौरान्सु शर्माले ३३ तथा हुसेन तलतले अविजित २८ रन जोडे ।

पोखराका अमिर हम्जा र जाहिर खानले १–१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३५ रन बनाएको थियो । पोखराका अमिर हम्जाले ३७ रन र सुमित महर्जनले २६ रन बनाए ।

विराटनगरका कप्तान आन्द्रे म्याकार्थीले ३ तथा साहब आलम, राज नानन र नन्दन यादवले १–१ विकेट लिए । यो जितसँगै विराटनगरले चार खेलमा चार अंक जोडेको छ । विराटनगर तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । पाँच खेलमा अंकबिहीन पोखरा पुछारमा छ ।


प्रतिक्रिया