वडा अध्यक्ष एक्सनमा : विराटनगर ८ मा मापदण्ड बिपरीत बनाएको संरचनाहरु हटाइयो

Aadil Times 1+ समाचार ( )
विराटनगर महानगरपालिकाले मापदण्ड बिपरीत बनाएको संरचना हटाए
२० कार्तिक २०७९

बिरानगर महानगरपालिका वडा नं. ८ कार्यालयको पहलमा आइतबारदेखि १२० मिटर लम्बाईको उक्त बाटो फराकिलो गरेर कालोपत्रेको काम सुरु भएको छ । जय नेपाल मार्ग साखा बाकेबिहारी मार्ग जोड्ने बाटो विगत लामो समयदेखि निमार्ण हुन सकेको थिएन ।

विराटनगर महानगरपालिका वडा नम्बर –८ ले सडकमा मापदण्ड बिपरीत बनाएको संरचना हटाएको छ । सडक विस्तारका लागि बाँके बिहारी मार्गको सडक भित्र मापदण्ड बिपरीत बनाएको संरचना हटाएको हो । बाटोमा भएका खाल्डाखुल्डीका कारण सवारी दुर्घटनाको जोखिम उच्च थियो । वर्षायाममा सडकमा पानी जम्दा आवतजावतमा समेत समस्या हुने गरेको थियो । 

छोटो समयमा लाकप्रीय छाप बनाउन सफल वडा अध्यक्ष राम पोख्रेलको निर्वाचित भएर आएपछि हाल सडक विस्तारको कार्य अघि बढाइएको हो । १० फिट चौडाईको बाँके बिहारी मार्गलाई नालासहित २० फिटमा स्तरोन्नति गर्ने तयारी रहेको वडा नं. ८ का वडा अध्यक्ष पोखरेलले बताए ।

कार्यालयका अनुसार नाला निमार्णका लागि वडा कार्यालयबाट १० लाख र सडक कालोपत्रेका लागि महानगरको सडक बोर्डबाट ७ लाख बजेट विनियोजन गरिएको छ ।

प्रतिक्रिया