युक्रेनमा हेलिकप्टर दुर्घटना हुँदा मन्त्रीसहित १६ जनाको मृत्यु

Aadil Times 1+ समाचार ( )
४ माघ २०७९

युक्रेनको राजधानी किभको पूर्वी उपनगरमा अवस्थित एक किन्डर गार्डेन भएको हेलिकप्टर दुर्घटनामा परी युक्रेनका आन्तरिक मामिलामन्त्री सहित १६ जनाको मृत्यु भएको छ ।

हलेकिप्टरमा मन्त्री डेनिस मोनास्टिरस्की सहित अन्य आठ जना सवार थिए । मृत्यु हुनेमध्ये दुईजना बालबालिका रहेका छन् । घटनाबाट गम्भीर घाइते अन्य १० जनाको हाल उपचार भइरहेको छ ।

राष्ट्रिय प्रहरी प्रमुख इहोर क्लाइमेन्कलाई उद्धृत गर्दै दुर्घटनाग्रस्त हेलिकप्टर युक्रेन राज्य आपतकालीन सेवाको हो । प्राम्भिक रिपोर्टका अनुसार खराब मौसमको कारण किन्डरगार्डेनमा ठोकिँदा उक्त घटना घटेको हो ।

प्रतिक्रिया