आज राति १२ बजेदेखि चुनावी प्रचार गर्न नपाइने

Aadil Times 1+ समाचार ( )
१ मंगशिर २०७९

आगामी आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको तयारी पूरा भएको छ । निर्वाचन आयोगले पत्रकार सम्मेलन गर्दै निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भइसकेकाले आजै राति १२ बजेदेखि चुनावी प्रचार गर्न नपाइने जानकारी दिएको छ ।

आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थापलियाले स्थिर समयमा आचारसंहिता उल्लंघन गर्नेलाई कारवाही गर्ने चेतावनी दिनुभयो ।

निर्वाचनमा प्रतिनिधिसभातर्फ २ हजार ४ सय १२ र प्रदेशसभातर्फ ३ हजार २ सय २४ जनाले उम्मेदवारी दर्ता गराएको आयोगले जनाएको छ । यस्तै समानुपातिक बाहेक प्रतिनिधिसभातर्फ २ हजार ४ सय १२ र प्रदेशसभातर्फ ३ हजार २ सय २४ जनाको उम्मेदवारी परेको बताइएको छ ।

निर्वाचनका लागि कूल ८ करोड मतपत्र छापिएको प्रमुख निर्वाचन आयुक्त थपलियाले जानकारी दिनुभयो । उहाँले ७ हजार २ सय १९ जनाले निर्वाचनको पर्यवेक्षण गर्ने भन्दै १८ कूटनीतिक नियोगले अनुगमन गर्ने बताउनुभयो । मतदान केन्द्रमा ३ घेराको सुरक्षा व्यवस्था प्रदान गर्नेगरी २ दिनभित्र केन्द्र निर्माण गरिने समेत उहाँको भनाइ छ ।

व्यस्थापकीय काम सकिएको र सुरक्षा व्यवस्था पनि मिलाइसकिएको आयोगले जनाएको छ । यस्तै मतदान सकिएसँगै मतपेटिका मतगणना स्थलमा पु¥याएलगत्तै मतगणना सुरु गर्ने आयोगले जनाएको छ । छिटो छरितो ढंगले गरी २२ गतेभित्र निर्वाचन परिणाम प्रतिवेदन राष्ट्रपति समक्ष बुझाउने पनि आयोगको तयारी छ ।

प्रतिक्रिया