सुनसरीको रामधुनी नगरपालिका–१ झुम्का बजारमा सिटी सफारीको ठक्करबाट गए राति एक जनाको मृत्यु भएको छ ।
>
मृत्यु हुनेमा रामधुनी–५ का ५९ वर्षीय भक्तबहादुर कार्की रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए ।
>
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को २ ह ३८७७ नम्बरको सिटी सफारीले पैदलयात्री कार्कीलाई ठक्कर दिएको थियो ।
>
उपचारका क्रममा कार्कीको मृत्यु भएको र सफारी चालक इटहरी–५ का ३५ वर्षीय सुरेश चौधरीलाई नियन्त्रणमा लिइको प्रहरीले जनाएको छ ।
>
>>